काठमाडौँ । उमेर बढेसँगै मानिसको सोचमा परिवर्तन आउने हुँदा ‘सिंगल’ रहने चाहना पनि बढ्ने पाइएको छ । जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने निष्कर्ष निकालेको हो ।
एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटाका आधारमा अनुसन्धान गरिएको थियो । ४० देखि ८५ वर्षका व्यक्तिहरूलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गर्दै अध्ययन गरिएको थियो । २ हजार ५ सय ५२ जना सहभागी मानिसहरू गरी २००८ र २०१४ मा अन्तर्वार्ता लिइएको थियो ।
अध्ययनका अनुसार एक्लै बाँचिरहेका व्यक्तिहरूलाई एक्लोपनको अनुभव नभएको तथा उमेर बढेसँगै एक्लो अनुभव नहुने पाइएको थियो ।
यस अध्ययनले वैज्ञानिक कारणहरू उल्लेख नगरेपनि सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ बिताउने हुँदा ‘सिंगल’ रहने चाहना पनि बढ्ने गरेको अनुसन्धानको निष्कर्ष छ ।
प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार
Comments