काठमाडौं, ८ माघ । अर्घाखाँचीको जलुकेमा आज दिउँसो भएको आगलागीमा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् । आगलागीले तीन घर, तीन गोठ र घरमा रहेका अन्न, लत्ता कपडा जल्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय शिक्षक शिव अधिकारीले बताए।
जलुके गाविस–३ भाडा गाउँमा आगलागी हुँदा स्थानीय चेत बहादुर राना, मोहन सिंह राना र लेख बहादुर रानाको घर गोठ जलेर नष्ट भएको हो । आगो स्थानीयबासिन्दाले निभाएका छन् ।
अर्घाखाँचीमा भएको आगलागीमा २० लाखको क्षति
0
Share.
Comments