काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४९ जना महिला र ६० जना पुरुष गरी कूल १०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ८० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २० जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा ४९१ जना, भक्तपुरमा ११४ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९३५ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा १६५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार २३८ जना, भक्तपुरमा ९ हजार २४ जना र ललितपुरमा १५ हजार ५८१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म काठमाडौंमा १ लाख ६६४ जना, भक्तपुरमा ९ हजार १७५ जना र ललितपुरमा १५ हजार ९०४ जना कोरोना संक्रमित रहेका छन् ।
Comments