काठमाडौं। हाल देशभर ३३६ जना कोरोना संक्रमितको आईसीयुमा र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ४६, प्रदेश २ मा ९, बागमतीमा १२१, गण्डकीमा ८६, लुम्बिनीमा ५६, कर्णालीमा ११ र सुदूरपश्चिममा ७ जना आईसीयुमा रहेका छन्।
यस्तै प्रदेश १ मा ८, प्रदेश २ मा १, बागमतीमा २२, गण्डकीमा १४ र लुम्बिनीमा २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ भने मनाङ र मुगुमा हाल सक्रिय संक्रमित छैनन्।
प्रकाशित मितिः २०७७ मंसिर ०६ शनिबार
Comments