काठमाडौं । काठमाडौ उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए । मंगलबार समाचार तयार गर्दासम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन् ।
जोर–बिजोर प्रणाली मिचेर चल्ने सवारीलाई तत्काल होल्ड गरेर साँझ ८ बजेपछि मात्र छाड्ने जनाएको छ । साथैे अहिले कोरोना संक्रमणको जोखिम बढेकाले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरी कार्यालय, कम्पनी र संघ–संस्थालाई सवारीको ब्यवस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments