काठमाडौं। मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रभाव परेको छ। आज देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।
भारी वर्षासँगै अधिकांस ठाउँ बाढीको जोखिममा, सतर्क रहन आग्रह गरिएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पानी पर्ने क्रम केही दिन नरोकिने भएकोले कामले घर बाहिर निस्कनुपरेमा छाता बोकेर निस्कनुहोला। साथै कपडाहरू धुँदा पनि सुक्नेरनसुक्नेप्रति विचार गर्नुहोला।
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार
Comments