दाङ । दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिनयता विप्लवका कार्यकर्ताले फोनमार्फत् चन्दा माग्दै आएका थिए। मागेको चन्दा नदिएकै कारण वडाध्यक्षमाथि आक्रमण भएको पारिवारिक स्रोतले पनि दाबी गर्यो।
मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः२०७७ असार १७ बुधबार
Comments