काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाएका मदानेका शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा भवानीप्रसाद शर्माले बताए।
३० जनामध्ये ५ जनाको परीक्षण रिपोर्ट आउँन बाँकी छ। आज संक्रमति पुष्टि भएकालाई भोलि आइसोलेसनमा राखिने र उनको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने प्रमुख डा शर्माको भनाइ छ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments