काठमाडौं । बारामा एक जना पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बारामा आज बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको हो ।
बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । तर, उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments