भक्तपुर । भक्तपुर खरिपाटी स्थित बिद्युत प्राधिकरण तालिक केन्द्रको क्वारेन्टाइनमा रहेका ९६ जनाको स्वाब परिक्षणका लागि टेकु पठाइएको छ ।
बिभिन्न मुलकबाट आएका उनीहरु १३ दिन अघि देखि यस तालिम केन्द्रमा क्वारेन्टाइनमा रहेका छन् उनीहरुको आज गरिएको स्वाब परिक्षणको नतिजा तीन दिन पछि मात्र आउने स्वाब नुमना संकलनमा आएका स्वास्थकर्मीले बताए । उनीहरुको स्वाब परिक्षण गर्न काठमाडौं स्थित टुकु अस्पतालमा लगिएको हो । स्वाब परिक्षणका लागि १० जना स्वास्थ्यकर्मीको टोली खरिपाटि आएको थियो ।
उनीहरुको स्वास्थ्य परिक्षणको नतिजा नेगेटिभ आए घर पठाईने छ भने पोजेटिभ आए टेकु अस्पतालमा रेफर गरिने छ । २० महिला र ७६ पुरुष रहेको उक्त क्वारेन्टाइनमा तीन भवनमा उनीहरुलाई राखिएको छ ।
नेपाल सरकारले सबै भन्दा पहिला चाइनाको बुहान शहरबाट उद्धार गरेर ल्याएका १७५ नेपालीहरुलाई समेत यसै स्थानमा क्वारेन्टाइनमा राखेको थिए ।
प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार
Comments