जुम्ला । पातारासी गाउँपालिका–२ बाँतामा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुत्यु हुनेमा बाँताका सात वर्षीय सुदीप बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार बाँतागाउँबाट मकै बोकेर जुम्ला बजारतर्फ आउँदै गरेको भे १ त ७३८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा पातारासीका १० वर्षीय कमल बुढा, २० वर्षीय हीराबहादुर महतारा र पेरेगाउँका ट्रयाक्टर चालक २३ वर्षीय विजय कामी घाइते छन् । उनीहरुमध्ये बुढा र कार्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ट्याक्टर सडकदेखि २ सय मिटर तल खसेको थियो ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments