सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० मा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले मृतकका परिवारलाई प्रति परिवार २५ हजार रकम राहत उपलब्ध गराउने भएको हो । त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ ।
दशैं मनाएर सिपाटारबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।
बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७६ असोज २५ शनिबार
Comments