भक्तपुर । भक्तपुरमा डेंगु रोक नियन्त्रण तर्फ स्थानिय सरकारको उपस्थिति मध्यपुर थिमि नगरापालिकामा देखिएको छ । भक्तपुरमा डेंगुको महामरी फैलिए सँगै स्थानिय तहले लामखुट्टे नष्ट गर्ने अभियान चलाएको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले डेंगुको त्रास बढ्न थालेपछि टोल टोलमा फोग गनको प्रयोग गरेर लामखुट्टे नष्ट गर्ने अभियान चलाएको प्रमख मदन सुन्दर श्रेष्ठले बताए । उनले भने स्थानीयको माग अनुसार नगरका बिभिन्न क्षेत्रमा बिहान र बेलुकाको समयमा तीन तीन घन्टा फोग गन चलाएका छौ । सो रोगको नियन्त्रण तर्फ बिभिन्न जनचेतनामूलक कार्यक्रम समेत गदैं आएको श्रेष्ठले जानारी दिए ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारका अनुसार भक्तपुरमा हाल सम्म १४६ जनामा डेंगु देखिएको छ । उनले भने डेंगुका बीरामीहरुको उपचार पश्चात निको हुने क्रम समेत बृद्धि भएको छ । भक्तपुरमा साउन महिनाको अन्तिम साता देखिएको डेंगु भदौंको अन्तिम साता सम्म बीरामाको संख्यामा ह्रवातै बढेको पाएको छ ।
भक्तपुर , सुर्यविनायक र चाँगुनारायण नगरपालिकाले पनि डेंगु नियन्त्रणका लागि बिभिन्न खालका गतिबिधिहरु सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार
Comments