काठमाडौँ । दैलेखको आठबिसकोट नगरपालिका–४ राकममा आज बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा चालक सहित ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका–५ की ३३ वर्षीया धिर्जा माझी रहेको प्रहरीले जनाएको छ ।
दैलेख प्रहरीका अनुसार ना ५ ख ७२४३ नम्बरको बस घुम्तीमा मोडिने क्रममा ब्याक भएर करिब ५० मीटर तल खस्दा बसले च्यापिएर माझीको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ७ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments