भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ नलिनचोक ओरालोमा बस र टिपर एक आपसमा ठक्कर खाँदा बस सहचालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।
गएराति साढे १२ बजे नलिनचोक ओरालोमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नं। को यात्रु नभएको भाडाको बस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नं. को टिपर एक आपसमा ठक्कर खाँदा बसका सहचालक सिन्धुपाल्चोक चौतारा सागागढी ३ बतासेका ३२ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बस सहचालक भण्डारीको मेडिसिटी अस्पताल ललितपुरमा उपचारकै क्रममा बिहान साढे ४ बजे मृत्यु भएको परिसरका सूचना अधिकृत डिएसपी रेवतिरमण पोखरेलले जानकारी दिए ।
यस्तै, दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा सागागढी–३ बतासेका २४ वर्षीय सन्तोष थापा, टिपर चालक सिन्धुपाल्चोक लिशंखु पारख गाउँपालिका–७ का २८ वर्षीय देव कुमार श्रेष्ठ र टिपरको सहचालक मकवानपुर बकैया–८ का २३ वर्षीय कृष्ण बहादुर ठकुरी घाईते भएका छन् ।
बस चालक थापाको मेडिसिटी अस्पताल ललितपुरमा र टिपर चालक श्रेष्ठ र सहचालक ठकुरीको मध्यपुर ठिमी अस्पतालमा उपचार भई रहेको उनले बताए ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments