काठमाडौं । काठमाडौंको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।
बिहीबार राति लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको हो ।
उक्त आगलागीबाट अन्य चारजना घाइते भएको जनाइएको छ । घाइते हुनेमा बर्दीया राजापुरका विवेक शाही, उनकी श्रीमती गंगा शाही, चन्द्रमाया राई र बिना बस्नेत रहेका छन् ।
चन्द्रमाया र बिना अस्पतालबाट डिस्चार्ज भएको तर विवेक र गंगाको भने अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
माटोको घरमा आगो बिजुली सर्ट भएर राति १२ बजे लागेको आगो १ बजे नियन्त्रणमा आएको थियो।
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार
Comments