भक्तपुर । सूर्यबिनायक नगरपालिकाको हालै सम्पन्न भएको चौंथो नगर सभाले ६ वटा नयाँ कानुन निमार्ण गरेको छ ।
चौंथो नगरसभाको निणर्य सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा ६ वटा कानुन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
जसमा सूर्यबिनायक नगरपालिकाको आर्थिक कार्यबिधि, प्रशासनिक कार्यबिधि, अपागंता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन, नगर शिक्षा नीति, स्वास्थ संस्था दर्ता अनुमती तथा नबिकरण निर्देशिका र अपागंता भएका ब्यक्तिको परिचय पत्र बितरण सम्बन्धि कार्यबिधि निर्माण गरेको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
यसअघि सम्पन्न भएका तीन वटा नगरसभाले २९ वटा कानुन निर्माण गरिसकेको थापाले जानकारी दिए ।
नगरपालिकाको नगरसभाले पूर्वाधार बिकास पहुँच अभिबृद्धि, सामाजिक विकास मार्फत सामाजिक रुपातन्रण, आर्थिक विकास मार्फत आर्थिक बृद्धि लगायतका रणनीति अवलम्बन गरेको सूर्यबिनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक रबिन्द्र सापकोटाले जानकारी दिए ।
कार्यक्रममा नगरले विकास निर्माणमा बिनियोजित गरेको बजेट चैत मसान्त भित्र खर्च गरिसकिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । हाल सम्म ६० प्रतिशत निर्माण सम्बन्धि काम सम्पन्न भएसकेको समेत जानकारी गराइयो ।
सूर्यबिनायक नगरापालिकाको दसै वडामा भएको शिव मन्दिरहरुलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने गरि डिपिआर तयार गरेको नगरपालिका वडा नं ८ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक किरण थापाले जानकारी दिए । उनले नगरपालिकाभित्र रहेका पर्यटकिय क्षेत्रको पहिचान गरि त्यसको संरक्षण र प्रवद्र्धन गरिने जानकारी दिए ।
प्रकाशित मितिः २०७५ माघ ५ शनिबार
Comments