काठमाडौं ४ साउन । जुम्ला झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसियुमा उपचार भइरहे पनि त्यहाँ उपचार हुन नसकेपछि उनलाई आज काठमाडौँ ल्याइएको हो। अहिले उनलाई टिचिङ अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
आज दिउँसो अपरेसन हुने तयारी रहेको टिचिङ अस्पतालले जनाएको छ। घाइते जवानको छातिमा चोट लागेको छ। प्रहरीले उनको छातीमा सिसाको टुक्रा भएको दावी गर्दै आएको छ।
Comments