काठमाडौं २ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने १० हजार पैदल यात्रुलाई सचेतना कारवाही गरेको छ। असार ३१ गतेदेखि तीन दिनमा राजधानीका १२ स्थानमा जथाभावी पैदल काट्ने १० हजार ५ सय ७ जनलाई सडकमा नै प्रशिक्षण दिएको महाशाखाले जनाएको छ।
जेब्राक्रसिङ र आकासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुलाई सजक गराउन यस्तो नियम ल्याएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। कारवाही भनिएको प्रशिक्षणमा यात्रुलाई कसरी र कहाँबाट बाटो काट्ने तथा ट्राफिक नियमको जानकारी गराउने गरिएको छ।
Comments