काठमाडौं, २ जेठ । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ । दुर्घटनामा दुवैको मृत्यु भएको छ । सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो ।
विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।
यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।
Comments