काठमाण्डौ, ६ बैशाख । टेलिभिजन रियालिटी सो ‘हिमालय रोडिज’ को सिजन–२ भोलिबाट सुरु हुँदैछ । साहसिक चुनौतिहरूले भरिएको रियालिटी शो ‘हिमालय रोडिज’को दोस्रो संस्करण ‘हिमालय रोडिज – वाइल्ड वाइल्ड वेष्ट’को अडिसन भोलि इटहरीबाट सुरु हुँदैछ ।
भोलि इटहरीको शुभारम्भ वाटिकाबाट रोडिजको दोस्रो संस्करणको पनि शुभारम्भ हुन लागेको हो । अघिल्लो संस्करणमा अडिसन नभएको इटहरीमा युवाहरूको उत्साह देखेर यस पटक इटहरीबाटै रोडिजको सुरुवात गर्न लागिएको रोडिजका निर्देशक अमन प्रताप अधिकारीले बताए ।
रोडिजको अडिसनका कार्यक्रम बिहान ६ बजे देखि नै सुरु हुने निर्देशक अधिकारीले जानकारी दिए । इटहरीपछि प्रतिस्पर्धी छनोटको कार्यक्रमले वैशाख १० गते चितवनको नारायणी कला मन्दिर र १२ गते बुटवलको सिद्दार्थ कटेजमा निरन्तरता पाउने छ । बुटवलपछि पोखराको होटल जल महलमा वैशाख १५ गते अडिसनको कार्यक्रम रहेको छ ।
वैशाख १८ गते काठमाडौंमा अडिसन भए सँगै हिमालय रोडिजको अडिसन राउण्डको समाप्ति हुनेछ । त्यसपछि छानिएका प्रतिस्पर्धीहरूलाई अर्को राउण्डमा प्रतिस्पर्धा गराइनेछ । रोडिजका फारमहरू हिमालय रोडिज डट कम सँगै अडिसन स्थलमा पनि उपलव्ध हुनेछ । अडिसनमा सहभागी हुने प्रतिस्पर्धीले आफ्नो नेपाली नागरिकता र फोटो भने अनिवार्य रूपमा बोक्नु पर्नेछ ।
‘हिमालय रोडिज’ को सिजन–२ भोलिबाट सुरु
0
Share.
Comments