रसुवा, ३१ असोज । चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ । नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो ।
१९ औँ चिनियाँ नेशनल कंग्रेस सभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले बताईन् ।
चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।
चीनद्वारा रसुवागढी नाका बन्द
0
Share.
Comments