काठमाडौं । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा परेका छन् । जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइदिने निगमका कर्मचारी गगनबहादुर चन्द कारवाहीमा परेका हुन् ।
घटनाबारे सोधपुछ गर्दा चन्दले चित्तबुझ्दो जवाफ नदिएपछि कारवाहीस्वरुप ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । मन्त्री किरातीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
बुधवार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका भण्डारीलाई सिस्टममा नाम नभएको घर फर्काइएको थियो ।
प्रकाशित मितिः २०८० जेठ १८ बिहिबार
Comments