काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू९भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments