काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ९४ हजार ५९६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १२ हजार ३१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३६ र ५ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय २१ पुगेको छ। आज थप ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९६.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज २३ शनिबार
Comments