काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २९४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ४८ र ललितपुरमा ६२ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार २५३ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३ हजार ३४० , भक्तपुर जिल्लामा १ हजार ७८ र ललितपुर जिल्लामा १ हजार ८३५ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५।२ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २२३ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १० हजार २६६ पिसिआर र ४ हजार १७७ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेका छन् । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments