काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ। प्रचण्डलाई चभेट्न पोखरेल बिहान ९ बजे खुमलटार पुगेका थिए।
भेटवार्तामा पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेकाथिए। यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।
प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन्। ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले भोलि पनि बैठकमा उनी नआउने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार
Comments