काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गर्ने भएका छन् ।
यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन ।
प्रधानमन्त्री ओलीले जनवरी २२ मा बैठकको दक्षिण एसियाको रणनीतिक दृष्टिकोण र जनवरी २३ मा लोकतन्त्रको भावी स्वरुप विषयक सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मितिः २०७५ माघ ५ शनिबार
Comments