काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको भेटको तस्वीर यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
कांग्रेसका नेता सिंहले पूर्वराजा शाहसँगको भेटबार्ता अनौपचारीक मात्र रहेको बताएका छन् ।
सो घटनाको बारेमा बिभिन्न पत्रपत्रिका र अनलाइनहरुमा ज्ञानेन्द्र शाह र प्रकाशमान सिंहबीच औपचारीक र प्रायोजित भएको प्रचारमा आएपछि नेता सिंहले सो समाचारको खण्डन गरेका छन् ।
उनले गत कार्तिक २६ गते वेलुका नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष जयकुमार शाहले आफ्नो नातीको पास्नीमा निमन्त्रणा गरेकाले सोल्टी होटलमा संयोगवस शाहसँग भेट भएको सिंहले बताएका छन् ।
सिंहले भनेका छन् ज्ञानेन्द्र शाह र मेरो भेट आकस्मिक रुपमा भएको हो यसमा कुनै औपचारिता र पूर्व निधारित योजना थिएन र भेट कुनै स्वार्थका लागि पनि भएको होइन ।
प्रकाशित मितिः २०७५ कार्तिक २८ बुधबार
Comments