काठमाडौैं । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् ।
उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने तयारी गर्दा उनीहरुले मन्त्रीबाट राजीनामा दिने र विश्वासको मत नदिने निर्णयमा पुगेका हुन् ।
प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार
Comments