काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन साेमबार स्वदेश फर्किने भएका छन् । उपचारकाे क्रममा चीन पुगेका पुन साेमबार बेलुका ८ बजे स्वदेश फर्किने उनका स्वकीय सचिव सन्ताेष पुनले जानकारी दिए ।
गत असाेजमा शरीरमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि उपचारका लागि पुन थाइल्यान्ड गएका थिए । थप उपचारका लागि उनी थाइल्यान्डबाटै चीन पुगेका हुन् ।
थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुन डिस्चार्ज भइसकेका छन् । सचिव पुनका अनुसार अहिले उनी पूर्ण रूपमा स्वस्थ्य भइसकेका छन् ।
प्रकाशित मितिः २०७८ माघ ०८ शनिबार
Comments