काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गरेका छन् ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडिदिन पनि आग्रह गरेका छन् ।
‘अब केही दिन, मात्र केही दिन, छाडिदिनुहोस् पार्टी भित्रको विवाद मिलाउन वा चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुहोस्,’ थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताएका छन् ।
प्रकाशित मितिः २०७८ जेठ १ शनिबार
Comments