काठमाडौं । गायक दुर्गेश थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएका छन् । गत वर्षको तीजमा गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत बाट चर्चामा आएका दुर्गेशले यस वर्षको तीजका लागी ‘बीच्च बीच्चमा २’ सार्वजनिक गरेका हुन् ।
गीतमा दुर्गेशको स्वर र संगीत छ । शब्द भने राम खत्री र राजन कार्कीको रहेको छ ।‘एउटा फोटो खिच्’ बोलको गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो ।
गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटिएको छ। लकडाउनका कारण व्यवसायिक क्षेत्रमा पारेको असर, आर्थिक समस्या र यसले निम्त्याएको समस्याका कारण यस पटकको तीज ‘खेल जस्तै’ हुने संकेत गरेका छन्।यो बाहेक कोरोना भाइरस फैलावट नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदमहरु माथि गीतले व्यङ्ग्य हानेको छ।गीतमा जनता लकडाउनकै कारण भोकमरी खपिरहे पनि सरकारको तर्फबाट सुस्त गतीमा काम भएको भन्ने भाव प्रस्तुत गरीएको छ ।
गीतको निर्देशन शिव विकले गरेका छन् । अर्जुन तिवारी र टोलीको छायांकन छ । म्युजिक भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकार छन् ।
हेर्नुहोस भिडियो
प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार
Comments