काठमाडौं । बलिउड एक्सन स्टार टाइगर श्राफ यतिबेला आफ्नो आगामी चलचित्र ‘बाघी–३’ को सुटिङमा व्यस्त छन्। उक्त चलचित्रमा टाइगरका बुवा ज्याकी श्राफ पनि देखिने भएका छन्। बावुछोरा एकसाथ देखिएको यो पहिलो चलचित्र हुनेछ।
चलचित्रको निर्माण पक्षले बिहीबार यसबारेमा जानकारी दिँदै ज्याकी अतिथि भूमिकामा देखिने बताएको छ। उनी चलचित्रमा प्रहरी इन्स्पेक्टरको रुपमा टाइगर र रितेश देशमुखका बुवाको भूमिकामा देखिने बताइएको छ। ज्याकीले बुधबारदेखि चलचित्रको शुटिङसमेत थालेका छन्।
चलचित्र निर्माता साजिद नाडियाडवालाले यसबारेमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अमहद (निर्देशक) र मलाई कथाको माग अनुसार ज्याकीलाई चलचित्रमा समावेश गर्नुपर्छ भन्ने लागेको थियो।’
अहमद खानको निर्देशन रहेको चलचित्रमा टाइगरका साथै श्रद्धा कुपूर र अंकिता लोखण्डेको पनि मुख्य अभिनय रहेको छ। ‘बाघि–३’ सन् २०२० को मार्च ६ मा रिलिज हुनेछ। एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments