काठमाडौं । गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) लाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै गृहले त्यस्तो निर्देशन दिएको हो।
साथै गृहले अलपत्र/रुग्ण आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि निर्देशन दिएको छ ।
पत्रमा भनिएकाे छ- ‘मुलुककाे विभिन्न स्थानहरुमा संचालित याेजना तथा आयाेजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुराे हुन गई सार्वजनिक काेष तथा सम्पतिकाे नाेक्सानी व्यहोर्नु परेकाे गुनासाे आएकाे सन्दर्भमा त्यहाँ जिल्लास्थित आयाेजना/याेजना संचालन गर्न कार्यालय/ निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका याेजना तथा आयाेजनाहरुकाे विवरण यश मन्त्रालयमा पठाउनुहुन अनुराेध छ। साथै त्यस्ता अलपत्र/रुग्ण याेजना/आयाेजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सराेकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुराेध छ।’
प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार
Comments