काठमाडौं । ‘म्युजिकल्ली क्वीन’ भनेर चिनिने रेश्मा घिमिरे अभिनत म्युजिक भिडियो सार्वजनिक भएको छ । हालको ‘टिक टक’ प्रयोगकर्ता उनी अभिनित ‘कान्छी’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो ।
उक्त भिडियोमा रेश्मालाई ज्योसनमान गौचनले अभिनयमा साथ दिएका छन् । गीतमा कुशल श्रेष्ठको आवाज रहेको छ भने कुशलकै शव्द तथा संगीत रहेको छ । भुपेन्द्र बज्राचार्यको एरेन्जमा बनेको सो गीतको भिडियोमा सुदिप कार्कीको लगानी छ ।
गोपाल रायाको सिनेमाटोग्राफीमा बनेको सो भिडियोलाई विजेश पौडेलले निर्देशन एवं सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर १७ सोमबार
Comments