काठमाडौं । बलिउड सुपरस्टार रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म ‘२.०’मा अब ऐश्वर्या रायबच्चनको पनि इन्ट्री भएको छ । नोभेम्बर २९ मा प्रदर्शन मिति तय भएको सो चलचित्रमा अक्षय, रजनीकान्त र एमी ज्याक्सनलाई अब ऐश्वर्याले पनि साथ दिने भएकी छन् । यससँगै अब यस फिल्मको बजेट बढेर ५ सय करोड भएको छ । यसअघि पहिला ४ सय करोड थियो ।
यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय गेस्ट अपियरेन्स गर्दै देखिने भएकी छन् । केही दिनअघि यस फिल्मको टिजर सार्वजनिक भएको थियो । जसमा अभिनेताद्वय रजनी र अक्षयले केही पृथक भूमिका निभाएका छन् ।
बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ । यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments