काठमाडौं । हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ नेपालमा महंगो रकममा भित्रिएको छ। यो फिल्मको नेपाल राइट्स सिंहदेवी प्रोडक्सनले खरिद गरेको हो। सिंहदेवी प्रोडक्सनका सञ्जालक जुनिम गहतराजका अनुसार अन्य सिरिज भन्दा यो महंगो रकममा खरिद गरिएको हो। उनले मूल्य भने खुलाउन नमिल्ने बताएका छन्।
चैत्र १० अर्थात् भोलि शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन हुने फिल्मले मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ। बुधबार खुलेको अग्रिम टिकट बुकिङ पनि निकै राम्रो देखिएको छ।
एक्सन, क्राइम र थ्रिलर जनराको फिल्ममा कियानु रिभ्सको मुख्य भूमिका छ। युकेमा गरिएको प्रिमियरमा फिल्मले उत्कृष्ट समीक्षा पाएको छ। याे फिल्मलाई चाड स्थेलेस्कीले निर्देशन गरेका हुन्।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments