काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर अर्लिङ हालाण्डका बुबा र एजेन्टले दुई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका पदाधिकारीसँग भेट गरेका छन् ।
हालाण्डको सम्भावित सरुवाका लागि उनका बुबा अल्फ–इग्ने हालाण्ड र एजेन्ट मिनो राइओलाले स्पेनिस क्लबका पदाधिकारीसँग भेट गरेका हुन् ।
स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ ।
२० वर्षीय हालाण्डलाई अनुबन्धका लागि पछिलो समय युरोपका ठुला क्लबले चासो दिएका छन् । त्यसैले हालाण्डको बुबा र एजेन्टको स्पेन भ्रमणलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
हालाण्डले डर्टमण्डका लागि उत्कृष्ट खेलिरहेका छन् । यस सिजन हालाण्डले क्लब र राष्ट्रका लगी ३९ गोल गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रवार
Comments