काठमाडौं । बार्यन म्युनिख तथा पोल्यान्डका स्टाइकर रोर्बट लेवान्डोस्कीले चोटका कारण विश्वकप छनोटअन्र्तगतको इङ्गल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।
आइतवार भएको एन्डोराविरुद्धको खेलमा लेवान्डोस्कीको दाहिने घुँडामा चोट लागेको हो। उनले चोटका कारण खेलको ६३ औं मिनेटमा मैदान छाडेका थिए।
पोल्यान्ड फुटबलका अनुसार लेवान्डोस्की १० दिन मैदानबाहिर रहनेछन्। युरोपको समुह ‘आइर्’मा रहेको पोल्यान्ड चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
प्रकाशित मितिः २०७७ चैत्र १७ मंगलबार
Comments