काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा खेलको ४४ औं मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा स्पेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा लिभानले रातो कार्ड पाएपछि जर्जिया १० खेलाडीमा समेटिएको थियो ।
विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो । यस जितसँगै समूह बी को स्पेनले २ खेलमा ४ अंक जोडेको छ । जर्जिया अंक विहीन रहेको छ ।
यस समूहमा स्विडेन ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्विडेनले लगातार दुई खेलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा स्विडेनले कोसोभोलाई ३-० ले हराएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १६ सोमवार
Comments