काठमाडौं । इंग्ल्यान्डका फरवार्ड मार्कस राषफोर्डले विश्वकप छनोट अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् ।
चोटका कारण राषफोर्डले अल्बानिया र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् ।
राषफोर्डले खुट्टाको चोट बोकेको बताईएको छ । राषफोर्डले यस अघि भएको सान मारिनोविरुद्धको खेल समेत गुमाएका थिए ।
इंग्ल्यान्डले आइतबार अल्बानियासनाग खेल्दैछ । यस्तै अर्को बुधबार पोल्याण्डसँग खेल्नेछ । यस्तै विंगर बुकायो साकाले समेत अल्बानिया र पोल्याण्डविरुद्ध खेल गुमाउने भएका छन् ।
साकाले ह्यामिट्रीङ चोट बोअकेको बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १४ शनिवार
Comments