काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन) आज हुँदैछ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन आज होटल सोल्टी क्राउन प्लाजामा हुने जनाएको छ ।
अक्सन बिहान ११ बजे सुरु हुनेछ । अक्सनबाट फ्रेन्चाइज टिमले ए, बी र सी श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।
अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
अक्सनमा परेका खेलाडीको सूची –
प्रकाशित मितिः २०७७ चैत्र ६ शुक्रबार
Comments