काठमाडौं । स्पिन इभेन्टस प्रा.ली को आयोजनामा चैत दुई गतेदेखि सात गतेसम्म देशब्यापी वडास्तरीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा बार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन रहेको छ ।
प्रतियोगितामा नेपाल अधिराज्य भरको वडाहरुबाट पुरुषमा २६ टिम सहित चार सय ६६ खेलाडी तथा महिलामा आठ टिममा कुल ९० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा पुरुष र महिला टिम इभेन्ट्स, पुरुष र महिला एकल, पुरुष भेट्रानमा ४० र ५५ बर्षमाथिको विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरुषको महिला र पुरुषको विजेताले समान ३० हजार, उपविजेताले १५ र तेस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ पाउनेछन् । भेट्रानको पुरुष एकल तर्फको विजेताले १० हजार रुपैयाँ पाउनेछन् । यस्तै प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रकाशित मितिः २०७७ चैत्र १ आईतबार
Comments