एजेन्सी, १३ माघ । भेनस विलियम्स अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । अमेरिकाकी भेनसले आज बिहान भएको सेमिफाइनलमा अमेरिकाकै कोको वान्डेवेघेलाई हराएर फाइनलमा प्रवेश गरेकी हुन् ।
भेनसले वान्डेवेघेलाई ६–७, ६–२ र ६–३ को सेटमा हराएकी हुन् । भेनस ८ वर्षपछि पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् ।
१३ औं बरियताकी भेनसले अब फाइनलमा बहिनी सेरेना विलियम्स र मिरजाना लुसिस–बारोनीसँगको खेलको विजेतासँग खेल्ने छिन् ।
भेनस अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश
0
Share.
Comments