काठमाडौं । एरिना साबालेन्काको चुनौती पन्छाउँदै सेरेना विलियम्स अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल प्रवेश गरेकी छन् । मेलबर्नमा जारी प्रतियोगिताको आइतबार भएको चौथौँ चरणको खेलमा अमेरिकी स्टार विलियम्सले बेलारुसकी साबालेन्कालाई ६–४, २–६, ६–४ ले पराजित गरिन् ।
साबालेन्काविरुद्धको खेललाई विलियम्सको कठिन परिक्षा मानिएको थियो । साबालेन्कालाई जारी ग्रान्डस्लाममा विलियम्स जस्ता उपाधि दाबेदारलाई बलियो चुनौती पेश गर्ने खेलाडीकारुपमा लिइए पनि बेलारुसियनले आफ्नो बलयो लयलाई कायम राख्न सकिनन् ।
जितपछि विलियम्सले साबालेन्कालाई हराउन सजिलो नभएको प्रतिक्रिया दिइन् । ‘मैले यो खेल सहज हुन्छ भन्ने अपेक्षा गरेको पनि थिएन । साबालेन्काको प्रत्येक सट उत्कृष्ट थिए ।’ विलियम्सले भनिन् । विलियम्स यसपटकको अस्ट्रेलियन ओपन जित्दै २४ औँ पटक ग्रान्डस्लाम जित्ने कीर्तिमान राख्ने धेयमा छिन् ।
प्रकाशित मितिः २०७७ फागुन २ आइतबार
Comments