काठमाडौं, १ माघ । मनाङ मर्स्याङ्दी क्लबले धनगढीमा भएको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।
अनिल गुरुङले खेल सुरु भएको तेस्रो मिनेटमा गरेको गोल नै मनाङको जितका लागि निर्णायक बन्यो । विजेता मनाङले पाँच लाख रुपैयाँ पुरस्कार पायो । यस्तै संकटाले दुई लाख ५१ हजार रुपैयाँ पायो । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १२ टिम सहभागी थिए ।
अनिलको गोलले खप्तड गोल्डकपको उपाधी मनाङलाई
0
Share.
Comments