काठमाडौं । चर्चित रेसलिङ लेजेण्ड द अण्डरटेकरले डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास सन्यास लिएका छन् ।५५ वर्षका अण्डरटेकरले आइतबार डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास लिएका हुन् । १९९० नोभेम्बर २२ देखी रेस्लिङ सुरु गरेका अण्डरटेकरले सन्यास लिदा ३० बर्ष पुरा भएको छ ।
सर्भाइभर सीरीजको बेला सन्यास लिएका उनले भावुक हुँदै रिंगमा मेरो समय सकियो भनेका छन् । उनले भने रिंगमा मेरो समय सकियो । अब अण्डरटेकरलाई बिदाइ गर्नुहोस् । अण्डरटेकरले हालसम्म ७ पटक डब्ल्युडब्ल्युई च्याम्पियनशिप जितिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०९ मंगलबार
Comments