काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए । बर्नलीको यो लिगमा पहिलो जित हो ।
बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०९ मंगलबार
Comments