काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति भएको खेलमा अजाक्सले इतिहासकै फराकिलो जित दर्ता गर्यो । अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३-० ले पराजित गरेको हो ।
पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफ ५१ औँ मिनेट मा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो । अजाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो ।
उसका लागि ट्राओरीले पाँच गोल गरे । यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक-एक गोल गरे ।
डच लिगकै इतिहासमा अजाक्सले फराकिलो जित दर्ता गरेको हो । बुधबार भएको च्याम्पियन्स लिगको खेलमा लिभरपुलसँग १ – ० ले पराजित भएको अजाक्सले डच लिगमा भने कीर्तिमानी जित दर्ता गरेको हो ।
अजाक्सले यसअघि सन् १९७२ मा भितेसीमाथि १२-१ को जित दर्ता गरेर कीर्तिमान बनाएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार
Comments